डिजिटल कारोबार गर्नेहरु बढ्दै,एक वर्षमै थपिए ३७ लाख बढी प्रयोगकर्ता

काठमाडौं। प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय डिजिटल भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि भएको छ।

कोभिड महामारी अगाडि सामान्य रुपमा अगाडि बढेको डिजिटल कारोबार त्यसयता भने निरन्तर बढिरहेको देखिन्छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एक वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता ३७ लाख भन्दा बढीले थपिएका छन्।

गत वर्ष २०७९ को फागुन महिनासम्म २ करोड ६५ हजार २६७ जनाले मोबाइल बैंकिङ प्रयोग गर्दथे। तर, उक्त संख्या गत फागुन महिनासम्ममा आइपुग्दा २ करोड ३७ लाख ८३ हजार ३८९ पुगेका छन्।

त्यस्तै, गत फागुन महिनासम्ममा २ करोड १६ लाख ३३ हजार ६०१ जना नयाँ वालेट प्रयोगकर्ताको संख्या पुगेको छ।

इन्टरनेट बैंकिङ प्रयोगकर्ता १८ लाख ७४ हजार ९८२ जना पुगेका छन् भने कनेक्ट आइपिएस प्रयोगकर्ता १२ लाख २८ हजार १४० पुगेका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार डेबिट कार्ड प्रयोगकर्ता एक करोड २६ लाख ५१ हजार १८५ र क्रेडिट कार्ड प्रयोगकर्ता २ लाख ८३ हजार २४ जना पुगेका छन्।