सडकमा माग्दै हिँड्ने ६ जना प्रहरीको नियन्त्रणमा

सांकेतिक तस्वीर

काठमाडौं। काठमाडौं महानगरपालिकाले सडकमा माग्दै हिँड्ने ६ जनालाई नियन्त्रणमा लिएको छ। सडकमा बसेर माग्न बाध्य रहेका अशक्त, अपाङ्गता भएका ६ जना सहयोगापेक्षीलाई महानगर प्रहरीले नियन्त्रणमा लिएको हो।

दरबारमार्ग,महाराजगञ्जमा पैदलयात्रु र सवारी साधनलाई अवरोध गरेको भन्दै नगर प्रहरीले नियन्त्रणमा लिएर महानगर प्रहरी बलको कार्यालय बागदरबारमा राखेको छ।

महानगरपालिकाले २०७९ साउन १७ गते सूचना प्रकाशित गर्दै सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य गरेमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको थियो।