नागरिक उन्मुक्तिकी सांसद इन्दिरा गिरी पदमुक्त

कैलाली। नागरिक उन्मुक्ति पार्टीका एक प्रदेशसभा सदस्यको पद गएको छ। सभामुख भीम भण्डारीले सोमबार नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन्।

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि सभामुखले गिरीलाई पदमुक्त गरेको सूचना निकालेका हुन्।