जनपत्रकार संगठनको शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न

काठमाडौं। जनपत्रकार संगठन नेपालले आयोजना गरेको शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम काठमाडौंमा आज सम्पन्न भएको छ।  विक्रम् सम्वत् २०८१ सालको बार्षिक भित्तेपात्रो सार्वजनिक गरिएको छ ।  

उक्त कार्यक्रममा विभिन्न संघ संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने नेपाल पत्रकार महासंघ जिल्ला र प्रदेशबाट पनि सहभागिता रहेको थियो।

सो कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता संगठनका फ्याक्सन इन्चार्ज अनिल शर्मा बिरहीले गर्नुभएकाे थियाे।  

त्यस्तै जनपत्रकार संगठन नेपाल सधैं श्रमजीवी पत्रकारहरूको हक,हित र अधिकारका निमित्त संघर्षरतमा रहेको अध्यक्ष विश्वकर्माले बताउनु भयो। श्रमजीवी पत्रकारका समस्या समाधान गर्न सधैं अग्रणी भूमीकामा रहेको र अझै रहीरहने उहाँले बताउनु भयो।

पत्रकार महासंघले सधैं साझा भूमिका निर्वाह गर्नुपर्नेमा त्यस्तो नदेखिएको गुनासो गर्नुभयो। महासंघमा पार्टीका कार्यकर्तालाइ सदस्यता दिने र वास्तविक पत्रकारले सदस्यता नपाउने समस्या बलजिदै गएको बताउनु भयो।

महासंघले साझा भूमिका खेल्नु पर्नेमा पार्टीका भातृसंगठनले जसरी अहिले भूमिका निर्वाह गरिरहेको छ,त्यसरी नै अगाडी बढे प्रतिकारमा उत्रिन बाध्य हुने अध्यक्ष विश्वकर्माले बताउनु भयो।

उहाँले भन्नु भयो हामीले तत्काल सदस्यतामा देखिएको समस्या समाधान गर्न हामीले पटकपटक सचेत गराइ सकेका छौं। अझै हामीले राखेका मागहरू सम्बोधन नगरिए केन्द्रमा पनि ताला लगाउन बाध्य हुने चेतावनी समेत दिनु भएको छ।

त्यस्तै कार्यक्रममा बोल्दै फ्याकसन इन्चार्ज शर्माले भन्नु भयो पत्रकार महासंघले पत्रकारलाइ सदस्यता नदिएर गैर पत्रकारलाइ सदस्यता दिनुले महासंघमाथि प्रश्न खडा भएको र आगामी दिनमा त्यस्तो गर्न नहुने बताउनु भयो।

पत्रकारले पार्टीको नभएर देश र जनताको बारेमा सत्य तथ्य समाचार लेखेर सबै जनतालाइ सूचित गर्नु पर्ने बताउनु भयो। देश बनाउन पत्रकारहरूको पनि ठूलो भूमिका रहेको उहाँले बताउनु भयो।

त्यस्तै शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको थियो। सहभागीहरूले जनपत्रकार संगठन नेपालले भेटघाट गर्ने अवसर जुराएर राम्रो काम गरेको भन्दै प्रसंशा समेत गरेका थिए।