सशस्त्र प्रहरीको गोदाम आगलागी,छानविन गर्न समिति गठन

काठमाडौं। बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय कार्यालयको गोदाममा आगलागी भएको छ। आज साँझ पाँच बजे भएको आगलागीमा देशैभरी पठाउने सामान रहेको स्टोरमा आगलागी भएको हो। उक्त घटना छानबिन गर्न एआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ।

कार्य विभागका प्रमुख एआईजी बंशिराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरिएको सशस्त्रका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए।

आगलागीको कारण थाहा नभएपनि विद्युत सर्किट सर्ट भएर आगलागी भएको भनि प्ररम्भिक अनुमान गरिएको छ।आजै घटनास्थलमा पुगेर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आगलागीबारे जाँच गर्न निर्देशन दिएका छन्।

उक्त गोदामा शसस्त्र प्रहरीका देशैभरी पठाउन तयारी अबस्थामा राखिएका लत्ता कपडा, जुक्ता, मण्डी म्याट्रेक्स लगायतका सामान रहेको प्रहरीले जानकारी दिएको छ।