सुनचाँदीको मूल्य बढ्याे,कतिमा हुँदैछ काराेबार ?

काठमाडौं। आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३६ हजार ३ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।