राष्ट्रिय वाणिज्य बैंकको कामु सीईओमा खनाल नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ अवकाश भएका छन् ।उनी आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त भएका हुन् ।

उनी २०७२ साल चैत २९ गते खुला प्रतिस्पर्धाबाट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)पदमा प्रथम पटक नियुक्त भएका थिए । यस्तै उनी २०७६ साल चैत २९ गते दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका थिए ।

यसैबीच बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत चैत २९ गतेबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायम (का.मु.) को जिम्मेवारी तोकिएको छ।

बैंक व्यवस्थापनको तर्फबाट बुधबार एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बैंक सेवाबाट बिदाई गरिएको छ।

उक्त समारेहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वयय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल र दुर्गाकुमारी कँडेल,ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरु,विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो।