ओलीको औंलामा प्रचण्ड,देउवाले सत्ता समीकरण भित्र हलचल ल्याउदै

काठमाडौं। सत्ता समीकरणमा देखिएको अविश्वासको संकटप्रति विभिन्न धारणा आउनेक्रम जारी छ। प्रतिपक्षी दल कांग्रेस वर्तमान सरकारको आयु धेरै नभएको रटान लगाइरहेको छ भने,एमाले प्रचण्ड नेतृत्वको सरकारको निरन्तरताको विषय उठाइरहेको छ।

तर,सत्ता समीकरणमा अविश्वासका रेखाहरु भने टर्न सकेको देखिन्न। यस्तोमा प्रचण्ड नेतृत्वको सरकारले कार्यकाल पुरा गर्न सक्ला त?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबगन्धन फेर्ने विषयमा अग्रणि भूमिका निर्वाह गर्दै आएका छन्।

सत्ता समीकरण अदलबदलमा माहिर प्रचण्डले आफूमाथि कुनै पनि बेला संकट आउने भयो भन्ने ठाने भने नयाँ जुक्ति निकाल्ने गर्छन्। तर, पछिल्लो समय वामपन्थी बाहुल्य सत्ता समीकरणभित्र देखिएको अविश्वासलाई लिएर कांग्रेस सत्तामा फर्किने आशामा देखिन्छ।

कांग्रेसले सत्ता समीकरण लामो समय नजाने ठोकुवा गरे पनि यसको आयु कहिलेसम्म भनेर भन्न सकिने स्थिति भने बनिसकेको छैन्।

एमाले–कांग्रेसले सत्ता सहकार्यको छलफल आन्तरिक रुपमा गरिरहेको विषय छिपेको छैन्। तर, एमाले भने सत्तामा आफ्नो पार्टीको ध्यान नरहेको दाबी गर्दै प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गर्न सके आलोपालो भन्ने विषयमै केन्द्रित नहुने र उनले नै पुरा कार्यकाल सरकार चलाउने भनिरहेको छ।

एमालेले सत्ता गठबन्धन नै भन्न नरुचाएको प्रचण्ड नेतृत्वको सरकार भने लामो समय जाला भन्नेमा प्रश्न जताकतै देखिन्छ। सायद यहि बुझेर हुनुपर्छ, प्रधानमन्त्री प्रचण्डले आफू प्रतिपक्षमा बस्न तयार रहेको चेतावनीपूर्ण भाषण पनि दिइरहेका छन्।

सत्ता सहकार्यको संकट

सत्तामा संकट आउने प्रमुख कारण बनिरहेको छ, प्रदेश संरचना। प्रदेशमा २÷३ सांसद रहेको दललाई मुख्यमन्त्री दिनुपर्ने जुन परिस्थिति बनिरहेको छ,यसले सत्ताको दिगोपनामा संकट देखा पर्न थालेको छ।

हुनत, केन्द्रमा पनि ३२ सिटले प्रधानमन्त्री लिएको भन्दै आलोचनात्मक चर्चा हुने गरेको छ। तर,केन्द्रको छायाँमा प्रदेश सरकारहरु पर्नाले पनि संकट तलबाट माथि पर्ने सम्भावना बलियो देखिन्छ।

गण्डकी,सुदूरपश्चिम,कर्णाली र मधेसबाट सत्ता संकटका बादलहरु देखा परिरहेका छन्। एमाले–माओवादीबीच खास समस्या नदेखिएको भनिए पनि कर्णालीमा मुख्यमन्त्री यामलाल कँडेल माओवादीको ट्र¥यापमा परेका छन्। मधेसमा जसपा पनि तनावमा छ। गण्डकी र सुदूरपश्चिमको हालत पनि यसभन्दा कम देखिन्न।

यि सबै परिस्थितिका आधारमा विश्लेषण गर्ने हो भने प्रदेशबाटै वर्तमान सरकारमाथि संकट पैदा हुने प्रशस्तै आधार छन्।

यद्दपी,यि सबै परिस्थितिले कस्तो रुप लिने? प्रचण्डले पूर्णकार्यकाल सरकार चलाउन पाउने वा नपाउने यो भने अहिलेको अवस्थामा एमालेको कदमले निर्भर गर्ने देखिन्छ।