तामाङ पत्रकार संघ चितवनको नयाँ वर्षको शुभकामना तथा भित्ते पात्रो विमोचन सम्पन्न

चितवन । तामाङ पत्रकार संघ चितवनको आयोजनामा नयाँ वर्षको शुभकामना तथा भित्ते पात्रो विमोचन कार्यक्रम नेपाल पत्रकार महासंघको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता चितवन जिल्ला अध्यक्ष बबिलाल तामाङले गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि राप्ती नगरपालिकाका उप प्रमुख देवेन्द्र लामाले तामाङ पत्रकारको उत्थानका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले चितवन जिल्लामा तामाङ पत्रकारको गतिविधिलाई आफुले नजिकबाट नियाल्दै आएको बताए।

कार्यक्रममा विशिष्ट अतिथिहरु सूचना पुनरावेदन समिति वाग्मती प्रदेशको संयोजक हरि अधिकारी,नेपाल पत्रकार महासंघको सचिव दिपेन्द्र अधिकारी,अतिथिहरु क्रान्तिकारी प्रेस संगठनका केन्द्रीय सदस्य प्रेम कडेल, प्रेस युनियनका जिल्ला सल्लाहकार सूर्य प्रसाद अधिकारी, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष टिकादत्त तिमिल्सिना,नेपाल आदिवासी जनजाति पत्रकार महासंघका जिल्ला उपाध्यक्ष तुलमान गुरुङ,नेपाल आदिवासी जनजाति महासंघका भरतपुर महानगर अध्यक्ष अधिवक्ता अजय कुमार तामाङ, तामाङ पाख्रिन समाज चितवन जिल्ला अध्यक्ष ज्ञान बहादुर पाख्रिन,नेवार पत्रकार संघका जिल्ला अध्यक्ष अनुज जोशी,मन्जुश्री तामाङ आमा समूहका सचिव पासाङ तामाङ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि र सभाध्यक्षले संयुक्त रुपमा ब्यानर वाचन गरेर भएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सूचना पुनरावेदन समिति वाग्मती प्रदेशको संयोजक हरि अधिकारीले तामाङ पत्रकारको एकताको खुलेरै सबै सबै जिल्लाका पत्रकारले सिक्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै पत्रकार महासंघका जिल्ला सचिव दिपेन्द्र अधिकारीले तामाङ पत्रकारको गतिविधिबाट आफु एकदम प्रभावित भएकाले यसलाई निरन्तरता दिँदै अघि बढाउनुपर्ने बताए। अधिवक्ता अजय कुमार तामाङ वास्तवमा पहिचानको मुद्दालाई तामाङ पत्रकारले अग्रपंक्तिमा ल्याएको बताए।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै क्रान्तिकारी प्रेस संगठनका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष प्रेम कडेलले तामाङ पत्रकारको एकता, संघर्ष र समाज रुपान्तरणको यात्राबाट जिल्ला अध्यक्ष बबिलाल तामाङले पुर्याएको योगदान अविष्मरणीय रहेको बताए।

कार्यक्रममा चितवन डान्स सेन्टरका निर्देशक रेनु तामाङले कार्यक्रम सफलताको शुभकामना दिए।कार्यक्रममा विशिष्ट योगदान पुर्याएका तामाङ पत्रकार सुरेश थिङ तामाङलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मानित गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि राप्ती नगरपालिकाका उप प्रमुख देवेन्द्र लामालाई मायाको चिनोले सम्मान गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य युवक तामाङले राखेका थिए भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव प्रकाश तामाङले गरेका थिए। कार्यक्रमको समापनमा बोल्दै सभाध्यक्ष बबिलाल तामाङले उपस्थित पत्रकार जगत सबै सबैलाई हार्दिक आभार प्रकट गरे।