क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमाथि आज सुनुवाइ हुँदै

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदैछ। उच्च अदालत पाटनमा परेको पुनरावेदनमा सुनुवाइ हुन लागेको हो।

यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो। सन्दीप पक्षका वकीलले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन्।