लम्बोदर न्यौपानेलेलाई सहुलियतपूर्वक ३ वर्ष कैद, २५ करोड ६९ लाख जरिवाना

काठमाडौं। सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद सजाय तोकेको छ।

अध्यक्ष टेकनारायण कुँवर, सदस्य राम बहादुर थापाको इजलासले उनलाई सहुलियतपूर्वक ३ वर्ष कैद गरेको हो।

विशेष अदालतले उनको स्वास्थ्यस्थिती,आर्थिक एवं सामाजिक अवस्था, पारिवारिक अवस्था र कसुरको अवस्था हेरेर सजाय तोकिएको जनाएको हो।

विशेष अदालतले उनलाई १२ करोड ८४ लाख विगो र त्यसको दोब्बर अर्थात २५ करोड ६९ लाख जरिवाना हुने फैसला गरेको छ।