सुनको मल्य स्थिर,चाँदी घट्यो

काठमाडौं। मंगलबार सुनको भाउ अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य तय भएको छ।

यसअघि हिजो ४ सय रुपैयाँ घटेको थियो। वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो।

चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ६६५ रुपैयाँ रहेको चाँदी आज १ हजार ६५० कायम भएको छ।