सुर्खेतमा बस दुर्घटना,११ जना घाइते

सुर्खेत। सुर्खेतमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। सिम्ता गाउँपालिका–३ स्थित मस्तरामा बाँकेको नेपालगन्जबाट जाजरकोटको लिस्सातर्फ जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको यात्रुबहाक बस आज बिहान ३ बजेतिर दुर्घटनामा परेको हो।

बस अनियन्त्रित भई सडकको बाँया किनारामा पल्टिएको छ। दुर्घटनामा परी ११ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय बादेपिपलका प्रहरी निरीक्षक भीमबहादुर खड्काले बताए।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको उनले बताए। घाइतेहरूको जामुने बजारमा रहेको शाही शिवालय सामुदायिक हस्पिटल एण्ड डायग्नोष्टिक सेन्टरमा उपचार भइरहेको छ।

बसमा १९ जना यात्रु सवार थिए। बस चालक रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१४, बस्ने २४ वर्षीय प्रकाश मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।