बजारमा जताततै सुनसान,सहकारीका बचतकर्ता डुबेको प्रभाव हो कि बैंक पनि टाट पल्टिने संकेत ?

सरकारी अस्तपालमा होस् या निजीमा केही समयअघि उपचार गर्नेहरुको लर्को हुन्थ्यो। बाटोमा पनि आमसर्वसाधारणको चाप निकै हुन्थ्यो। व्यापारिक महल, सुपर मार्केट, बिग मार्ट, भाटभटेनीलगायतमा पनि भीडभीड देखिन्थ्यो। मालपोत, यातायातगायत विभिन्न सरकारी कार्यालयमा पनि मानिसको चाप थेगिनसक्नु हुन्थ्यो।

तर, पछिल्लो केही समययता जताततै सुनसान छ । मानिसहरुलाई रोग त लागि नै रहेको छ। यद्यपि, उपचार गर्ने पैसा नहुँदा उनीहरु रोग पालेर बस्न बाध्य छन्। व्यापारिक महल, भाटभटेनी, सुपर मार्केट, बिग मार्टहरु पनि खुल्लै छन्। तर, त्यहाँ गएर सामान किन्न मानिसहरुसँग पैसा छैन। होटल, रेस्टुरेन्टहरु पनि खुलि नै रहेका छन्।

सर्वसाधारणसँग पैसा नहुँदा यहाँ पनि सुनसान छ। मालपोत, यातायात कार्यालयहरु खुलेका छन्। कर्मचारीहरु पनि छन्। सेवाग्राही भने छैनन्। अहिले मालपोत, यातायात कार्यालयमा महिनौं दिनमा एक–दुई जना सेवाग्राही आउँछन्। कतिपयमा त त्यति पनि आउँदैनन्। बजारमा घरजग्गा र गाडीको किनबेच ठप्प छ।

सेयर कारोबार गर्ने निकायहरु पनि खुल्लै छन्। यद्यपि, सेयरको किनबेच बढ्न सकिरहेको छैन। न त मूल्य नै बढेको छ। बजारमा सटरहरु सञ्चालनमै छन्। तर, सामान किन्ने चाँहि कोही छैन। बजार कसरी यो अवस्थामा पुग्यो ? कसरी यस्तो समस्या निम्तियो ? भनेर सरकारले अहिलेसम्म अध्ययन गरेके छैन। निजी विद्यालय तथा कलेजम विद्यार्थीहरु घट्दै गएकाछन्।

होस्टेलहरु पनि धमाधम खाली भइरहेका छन्। बुढोपाकाले भन्थे, ‘जिन्सीभन्दा पनि नगद ठुलो हो ।’ बजारमा पैसाको अभाव छ । सर्वसाधारण, व्यापारीले पैसा लुकाइसके । उनीहरुले कुनै पनि क्षेत्रमा लगानी गरेका छैनन् । घरमै राखेका छन् । पैसा हुने त लुकाइहाले पैसा नहुनेसँग त हिजो पनि थिएन र आज पनि छैन।

अहिले बैंक तथा वित्तिय संस्थामा आफ्नो निक्षेप निकाल्न बचतकर्ताहरुको लाम लागेको छ। बैंक डुबिसक्यो, टाट पल्टिसक्यो भनेर सर्वसाधारणले थाहा पाइसकेका छन्। बैंकका सञ्चालक, सेयर होल्डरहरु आफ्नो सेयर बेचेर बाहिरिन खोजिरहेका छन्। तर, उनीहरुको सेयर किन्ने कोही छैन। पछिल्लो समय बैंकमा बचत गर्ने कोही छैनन्।

जोकोही आफ्नो निक्षेप निकाल्न मात्र तातिरहेका छन्। सहकारी, लघुवित्त र फाइनान्सले करोडौं बचतकर्ताको खर्बौ रकम डुबाइदियो। बचतकर्ताहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन्। अहिले बैंक पनि सहकारीकै अवस्थामा पुगेको बताइन्छ। तर, राष्ट्र बैंकले बैंक ठिकठाक रहेको दाबी गर्दै जनतालाई भ्रममा पारिरहेको छ। राष्ट्र बैंकले बैंक डुबेको छैन भनेर जतिसुकै भनेपनि अब जनता पत्याउने छैनन्।

बैंक तथा वित्तिय संस्थाहरुले उत्पादनमूलक तथा औद्योगिक क्षेत्रमा कर्जा लगानी गरेनन्। सबै लगानी घरजग्गा, गाडी र सेयरमा गरेका छन्। दलालीहरुले बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयरको मूल्य बढाएर चार हजार पुप्याए। खेतीयोग्य जमिनलाई खण्डीकरण तथा प्लाटिङ गरेर आनाको पाँच हजार पर्ने जमिनलाई ७०÷७५ लाखमा बेचे।

दुई रुपैयाँ किलोमा बिक्री नहुने फलामबाट गाडी बनाएर छिमेकी मुलुक भारतले हामीलाई लाखदेखि करोडौंमा बेच्यो। यीनै क्षेत्रमा सहकारीले घुसको आडमा आँखा चिम्लेर लगानी गर्दा आज मुलुकभरका ३५ हजारभन्दा बढी सहकारीमा करोडौं बचतकर्ताको ३९ खर्ब रकम डुबेको छ। विडम्बना, सरकार अहिले पनि बैंक तथा वित्तिय संस्थामा बत नगर्नुस् भनेर सर्वसाधारणलाई सचेत गराउँदैन।

सरकार मौन छ। किनकि डुबेपनि जनता त डुब्ने हो आफु होइन भन्ने सरकारलाई लागेको छ। सरकार जनताको अभिभावक हो। हिजो सरकारले नै बैंक, सहकारी, लघुवित्त, फाइनान्स खोल्न लाइसेन्स दियो। यी संस्थाहरुले जनतालाई ठगे, डुबाए। बचतकर्ता र ऋणीलाई घर न घाटको बनाए । अनि अहिले बचतकर्ताहरु डुबेपछि सरकार आफ्नो जिम्मेवारीबाट पन्छिदैं छ।

सहकारीमा एकै बचतकर्ताको पाँच हजारदेखि पन्ध्र करोडसम्म डुबेको पाइन्छ। घर बेचेर, पुख्र्यौली सम्पत्ति बेचेर, जीवनभर कमाएको वा विदेशमा कमाएको रकम पनि मानिसहरुले सहकारीमा राखेका थिए। अहिले जनताको पैसा डुब्दा सरकारले जिम्मा लिएन। सहरी विभाग, सहकारी मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंक पन्छियो।

केही दिनअघि मन्त्रिपरिषद् बैठकले सहकारीका सञ्चालकलाई कारबाही गर्न कानून छैन भन्दै नयाँ कानून बनाउने निर्णय गप्यो। अनि जनताले के को आधारमा सहकारीमा पैसा जम्मा गरेका थिए त ? सहकारीका सञ्चालकहरुले जतिसुकै ठगेपनि उनीहरुलाई कानून नै नलाग्ने ? उनीहरुलाई कारबाही गर्न कानून नै नहुने ?

सरकारले बैंक तथा वित्तिय संस्था खोल्न लाइसेन्स दियो तर यीनीहरुको ठगीधन्दालाई नियन्त्रण गर्न कानून बनाएन। यसबाट त सरकार आफैं जनता डुबाउन लागिपरेको समेत प्रमाणित हुन्छ। सहकारीकै कारण आज करोडौं बचतकर्ताको घरमा रुवाबासी चलेको छ।

बचतकर्ताहरु सुकुम्बासी अवस्थामा पुगेका छन्। सहकारीकै कारण कतिपयको घरपरिवार लथालिंग बनेको छ। लोग्ने–स्वास्नीको सम्बन्धविच्छेद भएको छ। कतिपय त आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् भने कतिपयले गरिपनि सकेका छन्। सरकार दलाली, माफिया, बिचौलियाहरुले चलाएको छ । सरकारलाई जनताको मतलब छैन।

अर्थमन्त्री, गृहमन्त्री, राष्ट्र बैंकका गर्भनर भन्छन्, ‘बैंक तथा वित्तिय संस्थाको विरोधमा बोलेमा कारबाही गछौं। तर, बचतकर्ताको पैसा खाने बैंक तथा वित्तिय संस्थाका सञ्चालक, अध्यक्षहरुलाई कारबाही गर्छु भन्दैनन्। अहिले जनताको सरकारबाटै विश्वास उठेको छ।

बैंक तथा वित्तिय संस्थाका कारण पीडित बनेका सर्वसाधारण भन्छन्,अहिलेसम्म सञ्चारकर्मीहरुले हामीलाई साथ दिएका छन्। हाम्रो लागि उनीहरु नै सरकार बनेका छन्। तर, उनीहरुले पनि कतिन्जेल हामीलाई साथ दिइरहने होला र।बैक, सहकारी, लघुवित्त र फाइनान्सका सञ्चालक, अध्यक्ष र कर्मचारीहरुले घुसको आडमा जथाभावी कर्जा लगानी गरे।

बैंकले दश करोडको धितो राखेर मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई एक अर्बभन्दा बढी ऋण दिएको बताइन्छ। यता, भाटभटेनीका साहु मीनबहादुर गुरुङले त सरकारी जग्गा नै धितो राखेर बैंकबाट अर्बौ ऋण लिएको खुलासा भएको छ। यीनीहरु त उदाहरण मात्र हुन्। बैंकले ठुल्ला व्यापारी तथा व्यक्तिलाई बिनाधितो समेत अर्बौ ऋण दिएको सुनिन्छ।

अझै पनि सर्वसाधारणको आँखा खुलेको छैन। बैंक डुबिसकेको छ । कुन दिन र कसरी भाग्छ भनेर ठेगान छैन । घरजग्गा, गाडी र सेयर दलालीहरुको भागाभाग चलिसकेको छ। सबै क्षेत्रमा मन्दी छ। बजारमा न त घरजग्गा, गाडी र सेयर किन्ने छन् न त व्यापार व्यवासयमा लगानी गर्ने । सटरहरु धमाधम खाली भइरहेका छन्।

मानिसहरु कोठा छोडेर गाउँ फर्किएका छन्। विदेशिनेहरु पनि उत्तिकै छन्। ०८० सालमा धेरै घटनाहरु भए। तीमध्ये सहकारी डुब्नु र बचतकर्ताहरुको कन्तबिजोग हुनु मुख्य घटना पनि हो।

अहिले ०८१ सालमा बैंक डुब्छ भनेर व्यापक चर्चा छ। त्यसैले, वैशाख लागेसँगै बैंकमा पैसा निकाल्नेहरुको चाप बढ्दै गएको छ। अहिले कि त एयरपोर्टमा भीड देखिन्छ कि त बैंकमा।

जनताको सरकार र बैंक, वित्तिय संस्थाबाट विश्वास गुमिसकेको छ। शिवशिखर बहुउद्देश्यीय सहकारीले बचतकर्ताको १६ अर्ब रकम हिनामिना गरेको प्रहरीकै अनुसन्धानबाट खुलेको छ।

यो त एउटा उदाहरण मात्र हो। शिवशिखरजस्तै थुप्रै सहकारीले बचतकर्ताको खर्बौ रकम पचाएका छन्। सरकारले केही दिनअघि दुई दिने लगानी सम्मेलन गप्यो। सम्मेलनमा विदेशी लगानीकर्ताहरुले जम्मा छ अर्ब लगानी गर्ने सम्झौता गरे। तर, भोलि त्यो पनि गर्छन् कि गर्दैनन् ? केही ठेगान छैन।

राज्यको ढुकुटीमा राजस्व उठ्न छोडिसकेको छ। सरकारले विदेशीसँग २७ खर्ब ऋण लिइसकेको छ। नेपाल विदेशी ऋणले फसिसक्यो र नेपालको अर्थतन्त्र नाजुक अवस्थामा पुगिसक्यो भनेर विश्वले थाहा पाइसकेको छ। अब मुलुकको अर्थतन्त्र सुध्रिन्छ र घरजग्गा, गाडी र सेयरको मूल्य बढ्छ भनेर कसैले विश्वास गर्नै छैनन्।

किनकि अब मुलुकको अर्थतन्त्र झन्झन् नाजुक अवस्थामा पुग्ने छ। सरकारीबाहेक अन्य निजी बैंकमा रकम जम्मा गरेका बचतकर्ताहरुको निन्द्रा र भोक नै हराएको छ। यी कतिखेर बैंक भाग्छ ? भनेर न सरकारलाई थाहा छ न बचतकर्तालाई।

त्यसैले, अब बैंकका बचतकर्ताहरुले सहकारीका बचतकर्ताबाट पाठ सिक्नुपर्छ। विकसित मुलुकमा समेत बैंक डुबेको घटना छ। अनि नेपालमा डुब्दैंन भनेर कसरी भन्न सकिन्छ। अब जनता सचेत हुनुपर्छ। आफ्नो पैसाको सुरक्षा आफैंले गर्नुपर्छ।