सुनको मूल्य स्थिर, चाँदी ५ रुपैयाँ घट्यो

काठमाडौं । आइतबार सुनको भाउ स्थिर रहेको छ। अघिल्लो दिनकै मूल्यमा आइतबार सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन आइतबार १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ। शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो। वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ।

चाँदीको मूल्य भने ५ रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ६४५ रुपैयाँ रहेको चाँदी आज १ हजार ६४० रुपैयाँमा झरेको महासंघले जनाएको छ।