ललितपुरमा आगलागीबाट पाँच जना घाइते

सांकेतिक तस्वीर

काठमाडौं। ललितपुर महानगरपालिका वडा नम्बर १७ स्थित एक टहरोमा आइतबार आगलागी भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मोबिल स्टोर भएको उक्त टहरोमा आलगागी हुँदा तीन जना बालबालिकासहित ५ जना घाइते भएको हो।

केहीबेर अघि भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ। किस्ट हस्पिटल नजिकै पर्ने स्थानीय बाफल भन्ने स्थानमा भएको आगलागी नियन्त्रणका लागि दमकलसहित कमेकिलको समेत प्रयोग गरिएको छ।

प्रहरीका अनुसार घाइते भएकाहरु दम्पत्ति र उनीहरुको बालबच्चा रहेको प्रारम्भिक जानकारीबाट खुलेको छ। घाइतेमा ३ वर्षकी प्रिया गिरी, ८ वर्षकी एसिला गिरी, १५ वर्षका मीत गिरीका साथै दम्पत्ति सञ्जय गिरी र रुपा गिरी रहेका छन्। उनीहरुको शरीरको विभिन्न भाग जलेको र उद्धार गरेर किस्ट अस्पताल पठाइएको छ।