हाहा हुहु गरेकै भरमा सरकार सफल हुँदैन भन्दै ओलीले रविका मन्त्रीलाइ उडानु-उडाए

फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीले पछिल्लो समय राजनीतिक दल र व्यक्तिहरुमाथि अनेक टिप्पणी गर्न थालेका छन्। नयाँ दल र नेताहरुलाई सरकारमा ल्याउनेदेखि उनीहरुमाथि अनेक टिप्पणी गर्दै दुत्कार्ने ओलीले पछिल्लो समय नयाँ अनुहार र उनीहरुको राजनीतिक छलाङप्रति आक्रोश पोख्न थालेका छन्।

एमाले अध्यक्ष केपी ओली तीखो,रुखो र प्रष्ट बोलेर विभिन्न क्षेत्रमा आफ्नो प्रभाव फैलाउने काम गरिरहन्छन्। पार्टीमा आफूबाहेकलाई माथि आउन दिने बाटो नै लगभग बन्द गरिदिने गरि अघि बढिरहेका ओलीले पछिल्लो समय नयाँ दल, अनुहार र उनीहरुले लिएको राजनीतिक उचाई उनलाई बाध्यताबाहेक रत्तिभर मन परेको देखिन्न।

यस्तोमा ओलीले केहिदिन अघिमात्रै सरकारबाट धेरै आशा गर्न नसकिने शैलीमा हाहा हुहु गरेकै भरमा मन्त्री बन्ने र बनाउनैपर्ने स्थिति आएको टिप्पणी गरिदिए।

हाहा हुहु गरेकै भरमा को नेता भए ? को को मन्त्री भए ? यो मुलुकको राजनीतिमा सहजै शंका गर्ने पात्र र दलहरु नयाँ नै हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई ओलीको यो अभिव्यक्तिले इंगित रहेको भनिएपनि ओलीको यस्तो अभिव्यक्ति विशेषगरी रास्वपा लक्षित देखिन्छ।

यस्तै अभिव्यक्तिलाई ओलीले फेरि कपिलवस्तुमा पुगेर पनि दोहोर्याएका छन्। कम क्षमता भएकालाई सरकारमा ल्याउनैपर्ने बाध्यताका कारण समस्या सिर्जना भएको उनको दाबी छ।

ओलीले यसरी अभिव्यक्ति दिनुपर्ने स्थिति किन आइलाग्यो रु यसबारे अनेक कोणबाट प्रश्न गरिएपनि उनी अरुको राजनीतिक अस्तित्व सहजै स्वीकार गरिहाल्ने नेतामा पर्दैनन्।

कुनैबेला माओवादीप्रति समेत ओली यस्तै टिप्पणीमा उत्रिन्थे। तर उनै ओलीले माओवादीसँग पार्टी एकता नै गरेका थिए। त्यो एकता टुटेकोमा ओलीमा अहिले पनि पश्चाताप भने देखिन्छ। तर, आफू हारेको अर्थमा भन्दा पनि अरु कमजोर भएको शैलीमा उनी आफ्नो अभिव्यक्ति दिन्छन्।

किन ओली यस्तो बोलिरहन्छन् 

ओलीले कम क्षमता भएका वा हाहा हुहु गरेकै भरमा मन्त्री बन्नेहरु भनेर गरेको टिप्पणी सरकार टिकाउन गर्नुपरेको मेहनतलाई समेत लिइएको छ। एमाले कांग्रेससँग सरकार बनाउने मुडमा रहेपनि स्थिति सहज देखिन्न। यस्तो भएकाले पनि सहज रुपमा बहुमत जुटाइराख्ने स्थिति पनि देखिन्न।

रास्वपालाई च्याप्दा पनि आफ्नो राजनीतिक भविष्यमाथि प्रश्न उठिरहेको उनलाई ज्ञान छ। तर, नच्याप्दा बहुमत नजोगिने र कांग्रेसको प्रयास सार्थक हुने देखिन्छ। यस्तो ओली गर्न चाहन्नन्। तर,सरकारमा भर्खरै उदाएका पार्टी र व्यक्तिलाई राख्दा समस्या भइरहेको उनले महशुष गरेका छन्। त्यसैले पनि ओलीले यस्तो बोल्न थालेको बताइन्छ।

हाहाहुहु भन्दै ओलीको क्रोध किन 

सरकारमा ल्याएपनि मन्त्रीहरुले गर्ने निर्णय र निर्णय पहिले क्यामेरा तेस्र्याउने प्रवृत्तिका कारण ओली आजित बनिसकेको बताइन्छ। ओली कुटनीतिक रुपमा अघि बढ्ने र एमालेबाहेक दललाई मिनिमाइज गर्न चाहने व्यक्ति भएकाले पनि अहिले सरकारमा रहेकाहरुले अनेक फण्डा गर्न जानेको र काम कम प्रचार ज्यादा गर्दा उनको कन्पारो तातिने गरेको एमालेका शीर्ष नेताहरु नै वताउने गरेका छन्। यसकारण हाहा हुहु गर्नेहरु सरकारमा महत्वपूर्ण जिम्मेवारीमा आएको भन्दै ओली क्रोधित देखिन्छन्।

विरोधपछि पनि समर्थन किन

विरोध पनि जारी राख्ने र समर्थन पनि जारी राख्ने ओलीको रणनीतिमाथि एमालेपंक्तिमै प्रश्न भएपनि ओलीसामु चुइक्क कोही बोल्न सक्दैनन्।

त्यसैले ओलीले राखेको प्रस्ताव र बोलेका कुरा नै पार्टीको बटमलाइन बन्छ। यस्तोमा ओलीले बाध्यताले च्याप्नैपर्ने तर,विरोध पनि जारी राख्दै गर्ने नीति अख्तियार गरेको बताइन्छ। जसकारण कडा समर्थनकाबीच पनि उनले जनतामा जाँदा चाँहि तीन नयाँ दलहरुको कडा प्रतिरोध गर्ने गरेका छन्।