लक्ष्मी सनराइज बैंकको करिब ७६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडले ७५ लाख ८८ हजार ३९७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो।

यी शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा आवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ।