काभ्रेमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव भेटियो

सांकेतिक तस्वीर

काभ्रेपलाञ्चोक। काभ्रेको पाँचखालमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव फेला भेटिएको छ। शुक्रबार बिहान पाँचखाल नगरपालिका– ४ फेदी र जिरोकिलोको बीचमा पूर्ण रुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको प्रहरी चौकी पाँचखालका प्रहरी निरीक्षक राजाराम खतिवडाले जानकारी दिए।

उनका अनुसार शवको मुख र छातीमा तारले बाँधेको र रुखमा बाँधेर जलाइको अवस्थामा शव फेला परेको हो। शवको पहिचान हुन सकेको छैन। जलेको शव पुरुषको रहेको र करिब २५ वर्ष उमेरको जस्तो देखिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा कुकुरसहितको प्रहरीको अनुशन्धान टोली काठमाडौंबाट ल्याएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा हत्या गरेको देखिएपनि थप अनुसन्धानपछि सत्यतथ्य थाहा हुने प्रहरीले जनाएको छ।