एकैदिन यति धेरै बढ्यो सुनचाँदीकाे मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १६ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १७ सय ३५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।