प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं। प्रतिनिधि सभा बैठक यही जेठ १ गते सम्मका लागि स्थगित गरिएको छ।

शुक्रबार दोस्रो पटक बसेको बैठकमा पनि नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै उठेर नाराबाजी गरेपछि बैठक जेठ १ गते अपराह्न ६ बजे सम्मका लागि स्थगित गरिएको हो।

बैठकमा नेपाली कांग्रेसका सांसदहरूले सहकारी पीडितलाई न्याय दिन माग गर्दै सरकारविरूद्ध नाराबाजी गरेका थिए।

उनीहरूले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगीबारे संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने चेतावनी समेत दिएका छन्।

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र वाचन गर्न लाग्दा कांग्रेसले नाराबाजी गर्दै रोष्टम घेराउ गरेको थियो।

कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।