ऋण लिन निवेदन दिएको प्रमाण दिए राजनीति छाड्छु होइन भने गगनजी राजनीति छोड्नुपर्छ: गृहमन्त्री लामिछाने

फाइल तस्वीर

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट आफूले ऋण दिएको प्रमाणित गर्न कांग्रेस महामन्त्री गगन थापालाई चुनौती दिएका छन्।

शुक्रबार बसेको संसद् बैठक अवरुद्ध गरेको कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले ऋण लिन निवेदन दिएको प्रमाण रहेको बताएका थिए।

संसद् बैठकपछि सञ्चारकर्मीहरू कुरा गर्दै गृहमन्त्री लामिछानेले यो प्रमाणित गर्न चुनौती दिए। गगनजीलाई चुनौती दिन चाहन्छु,मैले कुनै निवेदन दिएर ऋण मागेको प्रमाण दिनुभयो भने म राजनीति छोडिदिन्छु।

दिन सक्नुभएन भने उहाँले राजनीति छोड्नुपर्छ। यो स्वीकार गर्न तयार हो? लामिछानेले थापालाई भनेका छन्।उनले आफूलाई एक पटक सदनमा बोल्न दिन माग गरे।

आफू तयारीका साथ आएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेले भने,के जनताको प्रतिनिधिले २ महिनासम्म आरोपहरू लागिरहँदा एक पटक सदनमा उभिएर जवाफ दिने अवसर पाउँदैन भन्दै गुृनासाे गरे।