सीता एयरको विमान आकासमै इन्जिन फेल भएपनि सकुशल अवतरण गराए यी पाइलटले

काठमाडौं,भदाै १८।  बुधबार बिहान सीता एयरको एक सिंगल इन्जिन जहाज दुर्घटनाबाट जोगिएको छ । शाहसी पाइलट भरत थापाले जहाज दुर्घटना हुनबाट जोगाएका हुन् । विमान शकुशल अबतरण गराएपछि उनको कामको चर्चा चुलिएको छ । विमानको इन्जिन आकाशमै फेल भएपनि उनको कुशलताका कारण विमान दुर्घटना हुनबाट जोगिएको हो ।

 

सीता एयरको ड्रोनियर ९एन–एजेएच कलसाइन भएको विमानले एउटै इन्जिनको भरमा लुक्लादेखि काठमाडौंसम्मको उडान भरेको थियो । उडानमा चालक दलका सदस्य मात्रै रहेका थिए । थापा अनुभवी पाइलट मानिन्छन् । जहाज उडानकै क्रममा प्राविधिक समस्या आए पनि सकुशल विमानस्थलमा अवतरण गराएका थिए ।