कोरोना सङ्क्रमण देखिएपछि सतर्कता

काठमाडौँ, जेठ १३ । टोखा नगरपालिका–३ र ६ तथा बूूढानीलकण्ठ नगरपालिका–३ मा गरी सोमबार तीन जना पुरुषमा कोरोना सङ्क्रमण फेला परेको छ । सङ्क्रमणसँगै सम्बन्धित क्षेत्रलाई उच्च सतर्कतासँगै सिल गरी परीक्षण अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।

सङ्क्रमितहरू टोलछिमेकमा चिरपरिचित तथा विभिन्न पेसा व्यवसाय र सेवामा सक्रिय रहँदै आएका व्यक्ति भएको बताइएको छ । टोखाका २७ र ४१ वर्षीय र बूूढानीलकण्ठका ३७ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले दुई जनामध्ये एक जना किराना पसले र अर्को ज्योतिष–पण्डित रहेको जानकारी दिनुुभयो ।

“किराना पसलेलाई कहाँबाट स¥यो भन्ने कुराको टे«ेसिङ भइरहेको छ,” उहाँले थप्नुभयो, “अर्का ज्योतिष पण्डित केही दिनअघि कोरोना सङ्क्रमणबाट मृत्युवरण गर्न पुगेकी सिन्धुपाल्चोककी सुत्केरी महिलाका आफन्त हुन् । 

नगरपालिकासँग नै समन्वय गरी उहाँहरू कोरोना परीक्षण गराउन अस्पताल पुग्नुभएको थियो । किराना पसलेको श्रीमतीको आरडीटी भने नेगेटिभ आएको जानकारी उहाँले दिनुभयो । त्यस्तै बूूढानीलकण्ठ–३ का ३७ वर्षीय सङ्क्रमित बन्दाबन्दीको समयमा एम्बुलेन्स नपाएर अस्पताल जान नपाएका बिरामीको सेवामा समर्पित व्यक्ति हुन् । उहाँले निजी सवारी साधनलाई एम्बुलेन्स बनाएर बिरामीको सेवा गर्दै आएका थिए ।

बूूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईका अनुसार सङ्क्रमित व्यक्तिले आफ्नो सम्पर्कमा रहेका र सेवा प्रदान गरिएका व्यक्तिको सूची डायरीमा तयार पारेकाले टे«सिङ गर्न सहयोग पुग्ने देखिन्छ । बिरामी बोक्ने कार्य आफैँमा जोखिम भएकाले उहाँ स्वभाविक रूपमा सतर्क त हुनुहुन्थ्यो उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमण देखा परेपछि उहाँको परिवार, सम्पर्कमा आएका व्यक्ति र सेवा प्रदान गरिएकालाई सम्पर्कमा ल्याउने कार्य भइरहेको छ । 

महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख प्रहरी नायव उपरीक्षक उमेश लम्सालले स्थानीय जनप्रतिनिधिसँंग सहकार्य गरी सङ्क्रमित व्यक्तिहरू बस्ने क्षेत्र केही समयका लागि सिल गरिएको बताउनुभयो । उहाँहरूको सम्पर्कमा आएका व्यक्ति र यात्राका सम्बन्धमा थप विवरण सङ्कलन गरी सबैलाई सम्पर्कमा ल्याउने कार्य जारी रहेको उहाँले प्रस्ट पार्नुभयो ।

यसअघि बूढानीलकण्ठ–१२ मा रौतहट घर भएकी एक महिलामा कोरोना सङ्क्रमण फेला परेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म काठमाडौंँमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ पुगेको छ । चार जना निको भएर फर्किएका छन् । त्यस्तै भक्तपुरमा चार जना र ललितपुरका एक जनामा कोरोना सङ्क्रमण फेला परेको छ ।

 

भक्तपुरका दुई जना उपचारपछि निको भएर घर फर्किएका छन् । बाहिरबाट लुकिछिपी काठमाडौँ उपत्यका प्रवेश गर्नेको चाप बढेसँंगै कोरोना सङ्क्रमण पनि बढ्दै गएको छ ।
गोरखापत्र दैनिकमा खबर छ ।