यी ६ सहसचिवको सरुवा,को कहाँ ?

काठमाडौं। ६ जना सहसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलवार मन्त्रीस्तरीय निर्णय गर्दै ६ सहसचिवको सरुवा गरेका हुन् ।

 

 

जसमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

 

 

उनलाई राजश्व अनुसन्धान विभागको महानिर्देशक पठाउने तयारी छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक रामप्रसाद आचार्यको गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

 

 

यस्तै स्वास्थ्य सेवाका ११ औँ तहका सहसचिव बद्रीबहादुर खड्का बागमती प्रदेशको नवगठित स्वास्थ्य मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा काजमा रहेका पदमराज मैनालीको सहरी विकास मन्त्रालयमा सरुवा भएको छ ।

 

 

राजश्व अनुसन्धान विभागका उपमहानिर्देशक शिवलाल तिवारीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूर पश्चिमबाट केहि दिन अघि मात्रै संघमा सरुवा भएर आएका डा.किसनलाल भट्टको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशमा सरुवा भएको हो ।