प्रेमको ‘छिटको सारी’मा म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक लक्ष्मण गुरुङको सुमधुर स्वरमा रहेको ‘छिटको सारी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। डान्सिङ भर्सनको
गीतमा प्रेम पाण्डे (अनुपम)को शब्द, संगीत रहेको छ ।

 

 

यस गीतलाई साहस शाक्यले संगीत संयोजन गरेका हुन् । नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोमा दीपक एम सिंहको कोरियोग्राफी रहेको छ ।

 

 

 

भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र कविता बिस्ट फिचर्ड छन् । श्याम लामाको निर्देशनमा भिडियो तयार पारिएको हो ।

 

 

जेबिआर स्टुडियोको प्रस्तुति रहेको यस भिडियोलाई ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।