भ्रष्टचारी जोगाउन ओली–देउवाले सहकार्य गरे,अब यो सरकार धेरै दिन टिक्दैन: प्रचण्ड (भिडियोसहित)

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा जेल जाने डरले मिलेको आरोप लगाएका छन्। उनले काँग्रेस र एमालेका धेरै नेता जेल जाने पक्का जस्तै भएपछि रातारात एक व्यापारीको घरमा सम्झौता गरेर भ्रष्टचारीलाइ जोगाउन यो सरकार निर्माण गरिएको बताए। र यसरी बनेको सरकार अब धेरै दिन टिक्न नसक्ने अवस्थामा पुगि सकेको प्रचण्डले दाबी गरे। अब हामीले भन्डाफोर गर्ने भन्दा पनि सरकारमै रहेको नेपाली काँग्रेस पार्टीका नेताहरूले नै विरोध गरिरहेको बताए।ओली सरकारले विध्यक ल्याएर रविता देखाएपछि सरकार पक्षकै सांसदहरूले अहिले भन्डाफोर गरि रहेकै छन् भने।