कांग्रेसले आफ्ना मन्त्रीहरूसँग छलफल गर्दै

काठमाडौं। नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरूसँग छलफल गर्ने भएको छ। सिंहदरबारस्थित संसदीय दलका कार्यालयमा केहीबेरपछि पार्टी पदाधिकारीले मन्त्रीहरूसँग छलफल गर्न लागेको हो।

प्रमुख सचेतक श्याम घिमिरेका अनुसार पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूका कामलाई थप प्रभावकारी बनाउन तथा आसन्न संसद् अधिवेशनमा भूमिका समेतलाई ध्यानमा राखेर छलफल आयोजना गरिएको हो।

छलफलमा प्रमुख सचेतक घिमिरे तथा सचेतक सुशीला थिङ पनि सहभागी हुँदैछन्।