प्रेस सेन्टर चितवनको अध्यक्षमा आचार्य निर्विरोध निर्वाचित
प्रेम प्रसाद कँडेल

चितवन। प्रेस सेन्टर नेपालको चितवनमा वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशन चितवनको जिल्ला समन्वय समिति सभाहलमा सम्पन्न भएको हो।
शानदाररूपमा सम्पन्न अधिवेशनले सर्वसम्मत निर्वाचित कार्यसमिति अध्यक्ष राजेन्द्र आचार्य उपाध्यक्ष नविनबाबु मरहठ्ठा दिप्ती वि क (समावेशी) ,सचिव सुरेन कुँवर सह सचिव अनिल भट्टराई हिरालाल गुरुङ (समावेशी), सदस्यहरु प्रमिता भण्डारी, सुजल खनाल, विशाल अम्गाई, सन्तोष वि क , कमल ढकाल, राजकुमार देउजा लगायत चयन भएका छन्।
अधिवेशनबाट भरतपुर महानगर कमिटी सर्वसम्मत रूपमा चयन भएको छ। अध्यक्षमा किशोर चन्द्र सापकोटा चयन भएका छन्। उपाध्यक्षमा रबिनचन्द्र अधिकारी, सचिवमा आयुष न्यौपाने, कोषाध्यक्षमा सुमन सुवेदी, र सदस्यहरूमा सुरज परियार, अशोक परियार, सूचना गुरुङ, विवेक पोख्रेल, दीपक पोख्रेल, मनिष पौडेलसहित ११ सदस्यीय महानगर कमिटी गठन गरिएको हो। वाग्मती प्रदेशको प्रतिनिधि सन्तोष बस्ताकोटी चयन भएका छन्।
त्यसैगरी, केन्द्रीय प्रतिनिधिहरूमा सूर्य प्रसाद पाठक, अजिता अधिकारी, सुजिता हमाल, प्रकाश आचार्य, भुवन प्रसाद उप्रेती, र उर्गेन तामाङ चयन भएका छन्। कार्यक्रम प्रेस सेन्टर चितवनका अध्यक्ष सूर्य प्रसाद पाठकको अध्यक्षतामा सम्पन्न भएको हो।
