कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसदको लोहोत्से हलमा बस्ने छ ।
आजको बैठकमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुको काम र प्रभावकारिताबारे सांसदले आफ्ना धारणा राख्ने बताइएको छ।
त्यसपछि मन्त्रीहरुले यो अवधिमा गरेका आफ्ना कार्य र सांसदका जिज्ञासामा जवाफ दिने कांग्रेसले जनाएको छ।
कांग्रग्रेस संसदीय दलको बैठक केही दिनदेखि निरन्तर चलिरहेको छ। यसअघिका बैठकमा सभापति देउवाले सरकारले ल्याएका अध्यादेशको पक्षमा एकढिक्का भएर लाग्ने निर्देशन दिएका थिए।
