आज सुनचाँदीकै मूल्य घट्यो,तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ सय रुपैयाँ घटेको हो।

आइतबार तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर १ हजार ८५० रुपैयाँ कायम भएको छ।