ग्यास विस्फोटबाट घाइते भएका प्रदीप तामाङको मृत्यु

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका प्रदीप तामाङको पनि मृत्यु भएको छ ।

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार शुक्रबार दिउँसो साढे २ बजे उपचारका क्रममा दयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भइ हाल काठमाडौं महानगरपालिका–२८ बस्ने २२ वर्षीय तामाङ एक जनाको मृत्यु भएको हो।

उक्त विस्फोटमा परेर ११ जना घाइते भएका थिए। घाइतेमध्ये दुई जनाको गत सोमबार निधन भइसकेको छ । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर ९नवीन० को उपचारका क्रममा यसअघि नै मृत्यु भएको थियो ।