सुनचाँदीकै मूल्य बढ्यो, तोलामा कति ?
काठमाडौं। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १२ सय रुपैयाँ बढेको हो।
आइतबार एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज १५ रुपैयाँ बढेर चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो।
