अन्तर्राष्ट्रिय महिला फुटबल: लेबनानलाई हराउँदै नेपाल एक खेल अगाडि फाइनलमा

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको खेलमा नेपालले लेबनानमाथि १-० को जित निकालेपछि दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका हुन्।

नेपाल एक खेल अगाडि फाइनलमा पुगेको हो । नेपालको जितमा पहिलो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । ४२औं मिनेटमा सावित्रा भण्डारीको प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर गोल भएको थियो ।