पर्यटन मन्त्री पाण्डेको सचिवालयमा भद्रगोल,मन्त्री रमिते
काठमाडौं। संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको सचिवालयमा भद्रगाेल देखिएको छ। मन्त्री पाण्डेकाे सचिवालयमा रहेका व्यक्तिका कारण मन्त्री नै बदना हुने अवस्था पुगेकाे मन्त्रालयमा काम गर्ने कर्मचारीले नै बताउने गरेका छन्।
ती कर्मचारीका अनुसार सर्वसाधारण व्यक्तिले मन्त्री ज्यूलाइ भेट्ने आश नगर्दा नै राम्रो हुने बताउ छन्।उनले मन्त्रीलाइ तपाइहरू आफै फाेन गर्नुहाेस्,त्यसपछि सचिवालय के कस्ताे रहेछ भन्ने कुरा तपाइहरू पनि थाहा पाइहाल्नु हुन्छ नि, त्यसपछि मलाइ तपाइहरूले साेध्नु पर्दैन हाेला भन्ने मलाइ लाग्छ उनले भने।
त्यसपछि हामीले मन्त्री ज्यूकाे फाेनमा कल गर्दा फाेन लाग्याे तर कल फरवार्ड गरियाे त्यसपछि ती सचिवालयका एकजना कर्मचारीले फाेन रिसिभ गरेपछि हामीले मन्त्री ज्यूसँग भेटघाट गर्ने कुराकाे प्रस्ताप गरियाे तर उनले अहिले मन्त्री ज्यू कता बैठकमा हुनुहुन्छ हाेला म बाहिर छु मन्त्रालयमै गएर बुझ्नुहाेला भन्दै गैरजिम्मेवारी व्यक्त गर्दै फाेनै काटि दिए।
हामीले फेरि कल गरेपछि पहिले जस्तै फेरिपनि कल फरवार्ड गरियाे,फेरि पनि उनैले रिसिभ गरे हामीले मन्त्रालयमा गएर कसलाइ भेट्ने त भनेर प्रश्न गर्दा उनले रेडिमेड जवाफ दिए मन्त्रालयमा जानुहाेस् काेही भेटिहाल्छ नि ? ल अब भन्नुहाेस् बाजुराबाट मतदान गरि जनताले जिताएर पठाएकाे जनप्रतिनिधिले आफ्ना मतदाताले भेट्न खाेज्दा पनि मन्त्रीकाे सचिवालयबाट यस्ताे व्यबहार गरेपछि के भन्ने हाेला ? त्याे जवाफ भाेट दिएर जिताउने जनताकाे जिम्मा ?
मन्त्रीले यस्ता कार्यकर्तालाइ के खान सचिवालयमा राखेका हाेला त्याे साेचनिय विषय बनेकाे छ। मानवसूचाङ्कमा सबै भन्दा पछाडि रहेकाे बाजुरा जिल्लाका जनताकाे मन्त्रालयसम्म सिधै पहुँच भइदिएकाे भए किन उनिहरूले मन्त्रालय जानुहाेस् काेही भेटिहाल्छ नि भन्नै पर्दैन थियाे हाेला ।
कम्तिमा सचिवालयमा भएका कर्मचारीहरूले त्यो मान्छेले किन फोन गर्यो,के कारणले फोन गर्यो वा केही समस्या परेर फोन गर्यो कि भन्ने कुनै चासो दिएको भए मन्त्रीमाथि कुनै प्रश्न उठ्दै थियाे कि? जनताका जनप्रतिनिधिले त अझ जनतासँग सहजै जोडीनु पर्ने कर्तव्य पनि हाेला नी हाेइन र?
अझ मन्त्री पाण्डेले त बुझ्नुपर्ने कुरा के छ भने दुर्गम जिल्ला बाजुराका जनताको पहुँचमा सिंहदरबारसँग छैन त्यसैले काेही जनता मन्त्रीलाइ भेट्न आउँछ भने पहिलो प्रथमितामा राख्न सचिवालयलाइ निर्देशन नै दिनु पर्ने होइन र। तर याहाँ ठ्याकै उल्टाे भएकाे छ,त्यसैले जनताकाे अवस्था र जनमतकाे हेक्का पक्कै मन्त्री ज्जूले राख्नुपर्ने हाे।
चुनावको बेला मात्र जनताको घरघरमा गएर हातका दस औंला जोडेर मैले जिते भने यो गर्छु, त्यो गर्छु, भन्ने अहिले त्यही भोट दिएर जिताउने जनतालाई भेट्न आउँदा सचिवालयले नै फनफनि घुमाएपछि अर्काे चुनाव पनि आउने त हाेला नि? भनेर जनतालाइ साेच्न बाध्य पारेपछि भाेलीका दिनमा कसरी राजनिति हाेला,त्यसैले मन्त्री ज्यूकाे बेलैमा बुद्धिकाे बिर्काे खुला हुन जरूरी छ। कि सचिवालय मात्र भए पुग्छ भनेपछि त हाम्राे भन्नु मन्त्री ज्जूलाइ केही छैन। हाेइन भने सचिवालयले भाेट दिने जनतासँग राम्राे व्यवार गर्न जरूरी छ।
त्यसैगरी मन्त्री पाण्डेले आफ्नै सचिवालयमा राखेका सदस्यलाई नै मिलाउन समस्या भएकाे पनि भेटिएकाे छ,भने देशमा रहेका जनतालाई कसरी मिलाउन सक्लान् भन्ने प्रश्न खडा भएकाे छ। मन्त्रीकै निजी सचिवबीच मन्त्रालयमै बाेलचाल बन्द रहेकाे नेपाली काँग्रेसका कार्यकर्ताले नै बताउने गरेका छन्। दुइ जनाबीच एक म ठूलाे अर्काे पनि म ठूलाे भन्ने दम्बले दुइजनाबीच शितयुद्ध नै चलेकाे काँग्रेसी कार्यकर्ताले नै चर्चा गर्ने गरेका छन्। दुइजनाकाे शितयुद्धले मन्त्रीलाइ नै समस्या बनाउने गरेकाे मन्त्री नजिकका केही कार्यकर्ताले बताउने गरेका छन्।
त्यस्तै बाजुरा जिल्लाका जनताले युवा नेता बद्री प्रसाद पाण्डेसँग जति अपेक्षा राखेका छन्। त्याे अपेक्षा मन्त्री पाण्डेले पुरा गर्लान त भन्ने यक्षप्रश्न उठ्न थालेका छन्। त्यसैले अझै हामी जनताले युवा मन्त्रीले केही गर्छन् हाेला भन्ने आश जीवीतै राखेका छाैं।
तर त्यसको ठ्याक्कै अहिले उल्टो हुँदै गएको देखिन्छ। मन्त्री पाण्डेको सचिवालयमा रहेका सदस्यहरूको एकअर्कासँग बोलचाल नै बन्द छ।भने ल भन्नू होस् त उनले आफ्नै सचिवालय नै मिलाउन सक्दैन भने हामी भोट दिएर जिताउने जनताले के को अपेक्षा गर्ने?
बाजुराबाट मेरो मन्त्रीलाई भेट्छु भनेर काठमाडौं आएका जनता उनको सचिवालयमा रहेका सदस्यहरूको रबाफले भेट्न पाउँदैन भने भाेलीका दिन ती जनताले तपाइलाइ के भनेर भाेट देलान्।
भलै मन्त्री पाण्डे मन्त्रीहरूको मूल्यांकनमा भने अबल नै देखिनु बाजुराका जनताकाे लागि खुशीकाे कुरा नै रहेकाे छ। जिताउने जनता भने मन्त्रीसँग अझै पनि केही गर्ने आशमा रहेका छन्। तर मन्त्री पाण्डेले सचिवालयमा रहेका कर्मचारीहरूलाई तहलगाउनु पर्छ होईन भने भोट दिएर जिताउने जनतालाई सहजै भेटघाट गर्ने वातावरण मिलाउनु मन्त्री पाण्डेको लागि राम्रो होला भन्ने हाम्रो नम्र सुझाव रहेको छ।
त्यस्तै मन्त्री बद्री प्रसाद पाण्डेको सचिवालयमा उप-स्वकीय सचिव ताल रावतले काम गरिरहेका छन् भने अन्यले निजी सचिवको रूपमा काम गरिरहेकाहरूमा दिनेश शाही,रविन्द्र रोकाया,खण्ड पाण्डे,अर्जुन पाण्डेलगाएतका रहेका छन्।
मन्त्री पाण्डेको सचिवालयको यो रबाफ फेरिएन भने उनको पतन पनि जनताले नै गर्ने निश्चित जस्तै देखिएको छ। त्यसैले बेलैमा मन्त्री पाण्डेले सचिवालयमा रहेका सदस्यहरूलाइ व्यवस्थापन गर्नमै भलाइ हाेला।
