गृहमन्त्रीमाथि षड्यान्त्र गर्ने अराजक दलित अभियानता खगेन्द्र सुनार संकटमा,अडियो सार्वजनिकपछि अनुसन्धानको घेरामा

काठमाडौं। दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारको एउटा अडियो सार्वजनिक भएपछि उनिमाथि अहिले गम्भीर यक्ष प्रश्न खडा भएको छ। उनले दलित समुदायमाथि हुने अन्यायका विरूद्ध बोल्नु भन्दा पनि गृहमन्त्री रमेश लेखकको कसरी हुन्छ सार्वजनिक रूपमा बदनाम गर्ने उद्देश्यका साथ लागेको सो अडियो सुन्दा स्पष्ट हुन्छ। फेरि हामीले गृहमन्त्रीविरूद्ध बाेल्न हुँदैन भन्न खाेजेकाे हुँदै हाेइन बाेल्न पाइन्छ तर बन्द काेठा भित्र कसैविरूद्ध षड्यान्त्र गर्न भने पाइदैन।

अभियानता वा अन्य जोसुकै भएपनि व्यक्तिगतरूपमा कसैले कुनै पनि व्यक्तिविरूद्ध षड्यान्त्र गर्न पाउने अधिकार हुँदैन। हेरक मान्छेले आफ्नो स्वतन्त्र जीवन बिताउन पाउने हक,अधिकार छ र हुनुपर्छ,गृहमन्त्री लेखकको पनि निजि जिवन स्वतन्त्ररूपमा जिउन पाउने उतिकै अधिकार छ।

त्यसैले अभियानताको नाममा अराजक बन्दै कोही कसैमाथि षड्यान्त्र गर्ने वा आफ्नो स्वार्थ पुरा गर्ने उद्देश्यले अन्यायमा परेका कुनै पनि समुदाय वा व्याक्तिले न्याय पाउने अवस्था हुँदैन। र अभियानको नाटक गर्ने खग्रेन्द्र सुनारहरू जस्तैले न्याय दिने नाममा अन्यायमा परेका पीडितहरूलाइ थप पीडित बनाउने अवस्था सृजना हुने निश्चित जस्तै देखिन्छ।

दलित अभियानको नाममा होटलमा बसेर गृहमन्त्रीविपरूद्ध नै षड्यान्त्र गरेर बदनाम गर्ने व्यक्ति कहिले पनि अभियानता हुनै सक्दैन। अभियानताले सत्य तथ्य पत्ता लगाएर अन्यायमा परेका व्यक्तिलाइ न्याय दिनुपर्छ होटलमा बसेर षड्यान्त्र गर्ने होइन। हाेटलमा बसेर त जासजुसी गर्नेहरूले षड्यान्त्र बनाउने हाे। अभियानताले त अन्यायमा परेका हेरक नागरिकसँगै रहेर हक अधिकारका निम्ति आवाज बुल्द गरिदिने हाे।

अभियानता सुनारको अडियो सार्वजनिक भएपछि दलित अधिकार कर्मीले नै उनका यस्ता गतिविधिले गर्दा आफुहरूलाइ पनि शंका उत्पन्न गर्ने ठाउँ प्रस्त भएकाे बताउने गरेका छन्। दलित अभियानता भन्ने व्यक्तिहरू बन्द कोठा भित्र कुनै व्यक्तिका विरूद्ध षड्यान्त्र गर्ने नभइ अन्यायमा परेका हरेक नागरिककाे रक्षा गर्ने भएकाे बताउछन्। हातमा साङ्गलो बादेर आन्दोलन गर्दैमा कोही कसैले न्याय पाउँदैनन् त्यसका विरूद्ध षड्यान्त्र होइन खुल्ला भएर लड्न सक्ने क्षमता राख्नु पर्ने दलित अधिकारकर्मीले नै बताउने गर्छन्।

जब समाजमा मान्छेहरू विनाशको बाटोमा हिँड्छन्,तब उनका समग्र सोच र शैली अराजकताको दिशामा अगाडि बढ्दै जाने गर्छन्।जसका कारण मान्छे–मान्छे बीचका विश्वासका सम्बन्ध क्रमशः अविश्वासका सम्बन्धमा परिणत हुँदै जान्छन्, इमान र जमानका व्यवहारहरू बेइमान र धोकामा परिणत हुँदै जान्छन्। त्यसपछि उ षड्यान्त्र जालसाँचि गर्ने बाहेक अन्य विकल्प नदेखेर व्यक्तिका पछि लाग्न सुरू गर्छ।

जसको परिणाम समाजमा मान्छेका आस्था र विश्वासका धरोहरहरू ढल्दै जान्छन्, समाजमा निराशा र अविश्वास बढ्दै जान्छन्। यसरी सामाजिक अराजकताका बेरोकतोक शृंखला बढ्दै जान्छन्, जुन आज अभियानताका नाममा सामाजिक विकृति र विसंगतिपूर्ण दुर्घटनाहरू बढ्दै जाने गरेका छन्। अभियानको नाममा पछिल्ला दिनहरूमा अराजकता बढ्दै गएपछि दलित अधिकारकर्मी चिन्तित बन्दै गएका देखिन थालेका छन्।

अभियानता भनेको समाज परिवर्तनका लागि होला नि। ऊ जनताका लागि हुनुपर्ने हो नि। तर,यहाँ के देखियो भने अभियानता भनेको एउटा वर्ग या एउटा समुदायको मात्र जस्तो देखिन थाल्याे। जोसँग शक्ति छ, जोसँग पैसा छ, उसका लागि मात्र अभियानताले काम गर्छ भन्नेजस्तो देखिन थालेकाे छ। पावर र पहुँच हुनेको लागि मात्र केही अभियानताले बोलेको जस्तो देखिदै आएको छ। र राष्ट्रिय मुद्दाका बारेमा भने अभियानताहरू नै एकठाउँमा भएकाे देखिदैन। याे विषय भनेकाे दु:खद हाे।  

अभियानता भनेको सबै नागरिकहरूकाे आवाजविहीनको आवाज बन्नुपर्ने हो  तर जो पीडित छ,जो सीमान्तकृत छ,उसलाई देखाएर राज्यमा भएका मन्त्री र उच्च पदमा रहेका व्यक्तिलाइ बल्याकमेलिङ्ग गरेर षड्यान्त्र गरेर बदनाम गर्नेसम्मका काम सुनार जस्ता अभियानताहरूले गरिरहेका छन्। याे विषय भने गलत नै हाे। यस्ता क्रियाकलाप गर्ने अभियानताहरूलाइ राज्यले नि कानुनकाे दाहेरामा ल्याउन जरूरी देखिन्छ।

केही समय अगाडि मात्र गृह प्रशासनकै नेतृत्वमा सत्येन्द्र र नेहामाथि ज्यादती गरिएको भन्दै विरोधमा दलित अधिकारकर्मीहरूले आन्दोलन गरेका थिए। तर त्यो आन्दोलन एकजना व्यक्ति केन्द्रित जस्तै भएको देखिन थालेको थियाे,अभियानताहरूले कसैको राजिनामा माग्ने कसै व्यक्तिविरूद्ध षड्यान्त्र गर्ने जस्ता काम गरिरहेका थिए। भने अभियानताले अन्यायमा परेका व्यक्ति वा समाजमाले न्याय पायो कि पाएन भनेर न्यायीक लडाइँ लड्ने होला नि। याहाँ त अनौठो के छ भने अभियानताहरू सार्वजनिक पदमा रहेका व्याक्तिको पछिलागेर राजिनाममासम्म माग्ने काम गरिन्छ। यदि सार्वजनिक पदमा बसेकाे मान्छेले गलत नै गरेकाे रहेछ भने अभियानताले त कानुनी कारबाहीकाे माग गर्ने हाेला नि ? हाेटलकाे काेठामा बसेर षड्यान्त्र गर्ने अभियानताकाे काम नहुनु पर्ने हाे नि? 

सत्येन्द्र र नेहामाथि ज्यादती गरेको भन्दै गृहमन्त्री रमेश लेखकमाथि कारबाहीको माग गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय,काठमाडौंमा समेत दुई बोरा नागरिकताको प्रतिलिपि बुझाए भने दलित आयोगमा र मानअधिर आयोगमा समेत कारबाहीको माग गर्दै पत्र बुझाए। त्याे त ठिक छ।

तर त्यसको केहीपछि दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारको एउटा अडियो नै सार्वजनिक भयो,उनको अडियोमा व्यक्ति केन्द्रित भएको सुन्न सकिन्थ्यो, त्यो एकजना गृहमन्त्रीविरूद्ध षड्यान्त्र गरेर बदनाम गर्ने उद्देश्यका साथ योजना बनाएको स्पष्ट अडियोमा सुन्नसकिन्छ अब दलित अभियानतालाइ के भन्ने अन्यायमा परेको नागरिकको लागि राज्यसँग लडेको कि ? एकजना व्यक्ति गृहमन्त्रीसँग मात्र लडेको यो अभियानता सुनारमाथि यक्ष प्रश्न खडा भएको छ।

राज्य जनतामाथि दमनको शैली नै अपनाउछ सबै जनता मिलेर त्यसविरूद्ध लड्नुपर्छ कुनै दुइ मत छैन तर गरिब र निमुखा जनतालाइ देखाएर अभियानताको नाममा बोल्छु भन्दै कुनै सार्वजनिक पदमा रहेका वा अन्य व्यक्तिमाथि षड्यान्त्र गर्नु राम्रो विषय भने मान्न सकिन।

अभियानता सुनारले एउटा विरोध कार्यक्रममा पत्रकारसँग भनेका थिए गृह प्रशासनले दलितमाथि गरेको ज्यादती धेरै भयो अब हामी ‘गृहमन्त्री रमेश लेखकमाथि छानबिन नभएसम्म आन्दोलन जारी राख्ने छौं तर त्यसको केही दिन भित्र उनको अडियो सार्वजनिक भएपछि अब कोमाथि छानबिन गर्ने होला। कुनै व्यक्तिविरूद्ध कसैले पनि षड्यान्त्र गर्न पाइदैन सर्वसाधारण होस् वा सार्वजनिक पद धारण गरेको व्यक्ति जो कसैमाथि षड्यान्त्र गर्नु अपराध मानिन्छ।

त्यसैले अभियानता सुनारले आफ्नो पर्दाफास आफै गरेको सुनियो त्यो त एकजना व्यक्तिसँगको आन्दोलन पो रहेछ भन्ने कुरा आम जनतासम्म स्पष्ट भएपछि अभियानताको नाममा के-के हुन्छ भन्ने कुरा उदाङ्गो हुँदै गएको देखिएको छ।

अभियानताको नाममा काम भन्दा पनि बढी प्रचार गर्नुले अहिले समाजमा अभियानतालाइ हेर्ने दृष्टिकोण नै फरक हुँदै गएको देखिन थालेको छ। तर, अहिले अभियानताले आफ्नो प्रचार कसरी गर्न सकिन्छ आफु कसरी चर्चामा आउन सकिन्छ भन्नेतर्फ लागेको देखिदै गएको छ।

सामाजिक अभियन्ता हुनेबित्तिकै सडकमा नारा लगाउने, चौबिसै घण्टा विरोध गर्ने मात्रै होइन समाजमा देखिएका बिकृतिविरूद्ध लड्नु सामाजिक अभियन्ताको दाहित्व हुनु पर्ने हो। सामाजिक अभियन्ताले विरोध यसकारणले गर्नुपर्छ कि बिरोधमा विकल्प पनि हुनु जरूरी छ। 

त्यस्तै संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ भन्ने अभियानता खगेन्द्र सुनारका यस्ता मागहरूमा केही समर्थन जनाउन सकिन्छ। खगेन्द्र दलित अधिकारको पक्षमा पटक पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी हुँदै आएकाे सबैलाइ थाहा भएकै कुरा हाे।

०७७ जेठ ११ गते रुकुम पश्चिममा जाजरकोटका नवराज बिकसहित ६ जनाको हत्याको दुई दिनपछि खगेन्द्रले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको गेटमा भोकै सुतेर आन्दोलन गरेकाे त्यसमा पनि समर्थन गर्नै पर्छ। 

 यो मुद्दाको सुनुवाइ चलिरहेका बेला जिल्ला अदालत रुकुमपश्चिमको गेटमा १० दिनसम्म धर्ना समेत बसेका थिए। उनले गरेका यी यस्ता धेरै कामको समर्थन गर्न सकिन्छ। तर खगेन्द्र सुनारको अडियो सार्वजनिक भएपछि यी यस्ता कुराहरूमा भने समर्थन होइन उनिमाथि पनि छानबिनको डन्डा चलाउनु पर्छ।भलै अहिले रमेश लेखक गृहमन्त्री हाेलान तर भोलीका दिनमा अन्य कुनै व्यक्ति गृहमन्त्री भएपछि पनि षड्यान्त्र र राजिनामा माग्नु मात्र अभियानताकाे काम हाे त? भन्ने प्रश्नले खगेन्द्रमाथि चाैतर्फी  प्रश्नकाे घेरा रहेकाे छ।