काठमाडौंमा भूकम्पको धक्का महशुस
काठमाडौं। काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ।
राती २ बजेर ५१ मिनेटतिर भूकम्पको कम्पन निकैबेर रहँदा नागरिकहरु आत्तिएर घरबाहिर निस्किएका छन् । भूकम्पको धक्का पूर्वी नेपालसम्म गरिएको प्रतिक्रिया आउन थालेका छन् भने हालसम्म क्षतिको विवरण प्राप्त भइसकेको छैन ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाल तिब्बत सीमा लिस्टिकोट नजिकै केन्द्रविन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । यसअघि, गत माघ ३० गते मात्रै जुम्ला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। अझै क्षतिको विवरण भने आउन बाँकी रहेको छ।

