आन्दोलनकारी र प्रहरीबीच बानेश्वरमा झडप, डीएसपी पौडेल घाइते
काठमाडौं। काठमाडौँको नयाँ बानेश्वरमा झडप भएको छ।स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले आयोजना गरेको प्रदर्शनमा झडप भएको हो । झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन्।
डीएसपी पौडेलको सिभिल अस्पतालमा उपचार हुँदैछ। सङ्घर्ष समितिले केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेको छ।
निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडी झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए। प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएका छन्।
