यौन प्रस्ताव अस्वीकार गर्दा सहकर्मीको हत्या, ९ दिनपछि समातिए अमिरिका
काठमाडौं । रुपन्देहीमा एक पुरुषले सँगै काम गर्ने महिलाको हत्या गरेका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ का अजय भनिने ४२ वर्षीय अमिरिका थारूले ८ फागुनमा दाङको लमही नगरपालिका–७ की संगिता चौधरीको हत्या गरेका हुन् ।
बुटवल उपमहानगरपालिकाको कालिकापथमा साथीहरूसँग बसेर ज्याला मजदुरी गर्दै आएकी संगीताको शव गत फागुन ८ गते रुपन्देहीको सियारीस्थित बेथरी सडकखण्डको किनारमा फेला परेको थियो ।
त्यसपछि तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान थालेको प्रहरीले हत्यामा संलग्न अमिरिकालाई १६ गते पक्राउ गरेको छ।
उनीहरु दुबै जना ज्याला मजदुरी गर्ने कामदार हुन् । अमिरिका संगिताको हत्या गरेको ९ दिनपछि पक्राउ परेका छन् ।
उनले संगितालाई प्रेम प्रस्ताव राखेको तर नमानेपछि ढुंगााले हाानेर निर्मम तरिकाले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
दुवै जना मजदुरी काम सकेर एक होटलमा बसेको र अमिरिकाले यौन प्रस्ताव राख्दा ती महिलाले अस्वीकार गरेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी कार्कीले बताए । पक्राउ परेका थारूलाई जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।
