ओलीका कारण बालेन–सुनिता भिड्दै,महानगरका काम अलपत्र
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह निरन्तर केन्द्र सरकारसँग भिड्दै आएका छन्। सरकार र प्रधानमन्त्रीसँग भिड्ने ल्याकत यदि कुनै स्थानीय तहका प्रमुखले गर्छन् भने ती व्यक्ति मेयर बालेन नै हुन्।
प्रमुख प्रशासकीय अधिकृत पठाइ दिन आग्रह गरिरहेका मेयर बालेन र केन्द्र सरकारबीचको बढ्दो टसलको मारमा भने महानगरका कर्मचारी तथा सर्वसाधारण नागरिक परेका छन्।
देश र जनताको सेवामा समर्पित हुनु पर्ने बाघदरबार र सिंहदरबारबीच नै टसल बढ्दा महानगरको काम कारबाहीदेखि विकास निर्माण कार्यसमेत प्रभावित भइरहेको छ। यसका साथै स्थानीय सरकार र केन्द्र सरकारबीच सहकार्य र समन्वय नहुँदा सिंगो संघीय व्यवस्थाप्रति नै गलत सन्देश प्रवाह भएको छ।
सिंहदरबार र बाघदरबारबीच वारकै अवस्था सिर्जना हुँदा नागरिकका साथै काठमाडौं महानगरपालिकाका कर्मचारीहरुलेसमेत करिब तीन महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन्।
साँढेको जुधाईं बाच्छाको मिचाई भने झै, ओली र बालेनको जुँगाको लडाईंले कर्मचारी र सेवाग्राही नागरिक मारमा परेका छन्। बढ्दो टसलकाबीच काठमाडौं महानरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भने लामो मौनतालाई तोड्दै आफ्नो धारणा राखेकी छन्।
