स्कुटर दुर्घटनामा सुदूरपश्चिम प्रदेश सभामुखका पीएसओको मृत्यु

काठमाडौं। सुदूरपीश्चम प्रदेश सभाका सभामुख भीम भण्डारीका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)को सवारी दुर्घटनामा मृत्यु भएको छ।

पीएसओ तथा नेपाल प्रहरीका स्ई योगेन्द्रबहादुर बोहोराको सामेबार सवारी दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र बोहोराले बताए। उनका अनुसार सई योगेन्द्र अत्तरियाबाट धनगढीतर्फ जाँदै थिए।

सोही क्रममा उनले चलाएको सु। प्र–०१–००९ प ३४२९ नम्बरको स्कुटर बिजुलीको पोलमा ठोक्किएको थियो। दुर्घटनामा परेका उनको सेती प्रादेशिक अस्पताल उपचारको क्रममा मृत्यु भएको हो।