सुनचाँदीको मूल्य बढ्यो,तोलामा कति ?

काठमाडौं। सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि मूल्य प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँ थियो।

यसअघि फागुन १३ गते सुनको मूल्य १ लाख ७१ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँ रहेको चाँदी आज १९५० रुपैयाँ पुगेको छ।