टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट: आज नेपाल र युगान्डा भिड्दै
काठमाण्डौं। वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलामा आज नेपाल र युगान्डा खेल्दैछन्। यो खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपाली समय अनुसार दिउँसो ४ बजेपछि शुरू हुनेछ।
यसअघिको खेलमा नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युगान्डालाई १ विकेटले हराएको थियो । हिजोको खेलमा नेपाल नामिबियासँग फेरि २३ रनले पराजित भएको छ।
नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो। यस्तै नेपाल तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो।
नेपालले भोलि हङकङसँग फेरि खेल्नेछ। नेपाल,युगान्डा,नामिबिया र हङकङ सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन्। फाइनल खेल चैत ३ गते हुनेछ।
