विदेशी विद्यार्थीलाई निःशुल्क भिसा दिने सरकारको घोषणा
काठमाडौं । सरकारले विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न प्रवेशाज्ञा (भिसा) शुल्कमा छुट दिने भएको छ।
बिहीबार आर्थिक वर्ष २०८२/०८३ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराउने घोषणा गरेका हुन्।
त्यस्तै विदेशी विद्यार्थीका अभिभावकलाई बहुप्रवेश भिसा दिइने भएको छ।
