एसइई प्रदेशबाट सञ्चालन गर्ने सरकारको घोषणा

काठमाडौं। सरकारले माध्यमिक शिक्षा परीक्षा ९एसइई० प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेको छ। बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एसइई प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेका हुन्।

यसअघि राष्ट्रिय परीक्षा बोर्डमार्फत परीक्षा सञ्चालन हुँदै आएको छ। बोर्डले परीक्षाको लागि प्रश्न पत्र तयार पार्ने र नतिजा सञ्चालनको काम गर्दै आएको छ। सरकारको यो घोषणासँगै अब एसईईको सम्पूर्ण जिम्मेवारी नै प्रदेशमा जानेछ।

बोर्डले २०७८ सालमै राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ संशोधन गर्दै एसइई परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारलाई दिएको थियो।