काठमाडौंमा यातायात व्यवसायीको चक्काजाम,यात्रुहरू मर्कामा

काठमाडौं। यातायात व्यवसायीहरूले आफ्ना मागहरू पूरा गर्न दबाब दिन शनिवारबाट चरणबद्ध आन्दोलन सुरु गरेका छन्। आन्दोलनको पहिलो चरणअन्तर्गत काठमाडौंको चक्रपथ सडकखण्डमा सवारीसाधन सडकमै तेर्स्याएर एक घण्टासम्म चक्काजाम गरेका छन्।

व्यवसायीहरूले सरकारलाई आफ्ना मागहरू १९ जेठसम्म पूरा गर्न अल्टिमेटम दिएका छन्। चक्काजामका कारण चक्रपथ क्षेत्रमा यात्रुहरू ठुलो समस्यामा परेका छन्। सवारीसाधन सडकमै रोकिँदा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ।

यातायात व्यवसायीहरूले आफ्ना मागहरूबारे सरकारसँग वार्ता र समाधानको अपेक्षा गरेका छन्। माग पूरा नभए थप कडा आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन्।