विपिनप्रसाद शर्माको नेतृत्वमा कर्णाली यू-१६ क्रिकेट टोली घोषणा
वीरेन्द्रनगर । कर्णाली प्रदेश क्रिकेट सङ्घले आगामी यू-१६ क्रिकेट प्रतियोगिताका लागि विपिनप्रसाद शर्माको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ । प्रतियोगिता जेठ २१ देखि ३१ गतेसम्म वीरेन्द्रनगरमा आयोजना हुँदै छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) मार्फत चर्चामा आएका विपिनप्रसाद शर्माको नेतृत्वमा टोलीमा नवीन न्यौपाने, भुपेन्द्रजंग शाही, कस्तुप खड्का, अफराज आलम, कुन्जन आचार्य, रोशन शाही, कैलाश खड्का, विजय बोहरा, नेत्रविक्रम खत्री, विजय शाही, यकेन्द्र बुढा, निश्चल हमाल, युवराज थापा, नमनसिंह थापा र कुशल डाँगी समावेश छन्।
नेपाल क्रिकेट सङ्घको आयोजना र कर्णाली प्रदेश क्रिकेट सङ्घको सहआयोजनामा हुने यस प्रतियोगितामा सातै प्रदेशका टोलीहरू सहभागी हुनेछन् । कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पदम खड्काका अनुसार, खेलहरू वीरेन्द्रनगर नगरपालिकाको कालिनचोक र वीरेन्द्रनगर क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।
