मन्त्री सवार गाडी मेलम्ची खोलामा फस्यो

सिन्धुपाल्चोक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी शनिवार दिउँसो सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, शेरास्थित मेलम्ची खोलाको रातो पुलमा खोला तर्ने क्रममा फसेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार, मन्त्री अधिकारी कार्यक्रममा सहभागी हुन जाने क्रममा गाडी खोलामा फसेको थियो । गाडी केहीवेर खोलामा अड्किएको भए पनि प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको छ। प्रहरीले जनाएअनुसार मन्त्री अधिकारी सकुशल छन्, र घटनामा कुनै क्षति भएको छैन।