पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको छ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ११ पैसा र डिजेलमा १ रुपैयाँ ९ पैसा मूल्यवृद्धि भएको जानकारी आएपछि यो निर्णय लिइएको हो। नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ कायम भएको छ।
यसैबीच, निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ३ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा काठमाडौंमा प्रतिब्यारेल २२ अमेरिकी डलरले मूल्य घटाइएको छ।
