आज पनि चल्न सकेन सदन

काठमाडौं। प्रतिनिधिसभा बैठक आज पनि स्थगन भएको छ । बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगन गरेका हुन्। अर्को बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ।

सभामुख घिमिरेले सदन सञ्चालनका लागि पटकपटक आग्रह गरे पनि विपक्षी दलहरूले मानेनन्। उनले आफू दलीय आधारमा बोल्न दिन तयार रहेको तर सबै सांसद बस्नुपर्ने बताएका थिए।

आज सभामुखले बैठक सुरु भएको घोषणा गर्नासाथ विपक्षी दलहरूले उभिएर सदन अवरुद्ध गरेका थिए। उनीहरू उभिएलगत्तै सत्तापक्षका केही सांसदले आपत्ति जनाएका थिए।